Kath khabar
भीमेश्वर मन्दिरको शिलामा पुन: आयो पसिना

 

              दोलखा, साउन ९ । प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा बुधबार मध्याह्नदेखि पुन: पसिना आएको छ । बुधबार दिउँसो १२:४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो ।

दिउँसो १२:४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए । सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ।

यस अघि शनिवार समेत मन्दिरमा पसिना आएको थियो। त्यस भन्दा अगाडि पछिल्लो बर्ष २०७८ बैशाखमा मन्दिरमा पसिना आएको स्थानीय पूर्ण नारायण श्रेष्ठले बताए । त्यस यता तिन बर्ष पछि सिलामा पसिना श्रेष्ठले सुनाए। सिलामा पसिना आउँदा राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन छ । (नागरिक दैनिकबाट)

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update