Kath khabar
काठमाडौं र भक्तपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु


                काठमाडौं, साउन ९ । भक्तपुरको भक्तपुर नगरपालिका–६ देकोचास्थित सडकमा बा.३ ख ५०८० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू मुस्ताङ गुम्बा नजिक सडकमा बा.२ ख ५३२४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मनाङ घर भई काठमाडौं महानगरपालिका–१५ स्वतन्त्र मार्ग बस्ने ७६ वर्षीय छिमी दोर्जे गुरूङको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update