Kath khabar
सौर्य विमान दुर्घटना : पाइलट मनिष रत्न शाक्यको अवस्था सामान्य

 

                   काठमाडौं, साउन १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याइएका उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

उनको अनुहार, आँखा, नाक र टाउकोमा चोट लागेको, ढाडको हड्डी भाँचिएको र देब्रेपट्टिको ३ वटा करङ भाँचिएको अस्पतालले जनाएको छ । केएमसी अस्पतालका मेडिकल डाइरेक्टर डा मिना थापाले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update