Kath khabar
माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ जारी

काठमाडौं, साउन १ । माछापुच्छ्रे बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र यहि असार ३१ गते बिहिबार देखि जारी गरेको छ । वार्षिक आठ दशमलव ५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे  ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल एक अर्ब २० करोड ऋण पूजी रकम (पाँच प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने  बाँकी १८ लाख कित्ता अर्थात कुल एक अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

बैंकको ऋणपत्रमा धितोपत्रबोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ । माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update