Kath khabar
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा नबढाउन गौशाला २६ ले दिइन् निवेदन

                 

                  काठमाडौं, साउन ११ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा नबढाउन गौशाला २६ ले निवेदन दिएकी छन् ।

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी हुन् ।

उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी छिन् । उनले आफ्नो निवेदनसँगै नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् । ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरूद्ध भ्रमपूर्ण खबर र ममाथि दवाब बढाएका थिए’, उनको हस्तलिखित निवेदनमा भनिएको छ ।

यसअघि गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले फैसला सुनाउँदै लामिछानेलाई सफाइ दिएको थियो । जसको  पूर्णपाठ साउन ४ गते  सार्वजनिक भएको थियो ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update