Kath khabar
काठमाडौंको टोखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु


                 काठमाडौं, साउन ११ । टोखा नगरपालिका–६ धापसी हाईट पिपलबोट चुनदेवी मन्दिर नजिकै विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर काभ्रे भुलु गाउँपालिका–३ घर भएका २० वर्षीय नबिन पहरीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका दार्चुला घर भएका २५ वर्षीय अनिल धामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update