Kath khabar
गुजरातमा चण्डीपुरा भाइरसका ३७ मामिला फेला
Pic : Taza Newsz

गान्धीनगर, ११ साउन | गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको बताउनुभएको छ । उहाँले राज्य सरकारले रोग नियन्त्रण गर्न धेरै पहल गरेको बताउनुभयो ।

    राज्यमा हालसम्म चण्डीपुरा भाइरसका करिब एक सय ३३ मामिला दर्ता भएका छन् । “अहिलेसम्म करिब एक सय ३३ वटा केस दर्ता भइसकेका छन् । यसमध्ये ३७ वटा चण्डीपुरामा पुष्टि भएका छन्”, चण्डीपुरा भाइरसको बढ्दो केसबारे पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
 
    चण्डीपुरा भाइरस (सिएचपिभी) रबडोविरिडे परिवारको सदस्य हो । यो देशको पश्चिमी, मध्य र दक्षिणी भागहरूमा छिटपुट घटना र प्रकोपको कारण बन्दछ । यो विशेषगरी मनसुनी मौसममा स्यान्ड फ्लाई र टिक्स जस्ता वाहकहरूबाट प्रसारित हुन्छ ।

    भेक्टर नियन्त्रण, स्वच्छता र जागरूकता रोग विरुद्ध उपलब्ध उपायहरू हुन् । यो रोगले प्रायः १५ वर्षमुनिका बालबालिकालाई असर गर्छ र ज्वरोसम्बन्धी रोगले केही अवस्थामा मृत्यु पनि हुनसक्छ ।

    यद्यपि सिएचपिभीका लागि कुनै विशेष उपचार उपलब्ध नरहेको र व्यवस्थापन लक्षणात्मक भए पनि संदिग्ध एइएस मामिलालाई तोकिएको सुविधाहरूमा समयमै रेफरल गर्दा परिणामहरू सुधार गर्न सकिन्छ । सन् २०२४ जुनको सुरुदेखि गुजरातमा १५ वर्षमुनिका बालबालिकामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) का मामिलाहरू देखिएका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update