Kath khabar
कब्जियतको अचुक औषधी काँचो आँप

काठमाडौँ, साउन १ । प्रायजसो मानिसहरुलाई अहिलेको खानपानको कारण र समयको व्यस्तताले खानामा गडबडी हुने गर्दा बच्चा देखि बुढासम्म धेरैलाई कब्जियत हुने गरेको छ । कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिसहरु प्रभावित छन् । यसका लागी काँचो आँप धेरै उपयुक्त मानिन्छ ।

काँचो आँपलाई निम्न तरिकाले प्रयोग गर्नुहोस् :

१. पहिला आफूलाई चाहिने मात्रामा काँचो आँप लिनुहोस् र राम्रोसँग पखालेर सफा गर्नुहोस् ।

२. त्यसपछि आँपलाई प्रेसर कुकरमा ३ सिटी लगाउनुहोस् ।

३. यसरी उसिनेको आँपलाई सेलाउन दिनुहोस्, सेलाईसकेपछि बोक्रा र कोया छुट्याउनुहोस् ।

४. अब आँपलाई मिक्सरमा राखेर त्यसमा हल्का बिरेनुन, पुदिना, भुटेको जिरा राख्नुहोस् । काँचो आँप अमिलो हुनेभएकोले थोरै चिनी पनि राखेर पिस्नुहोस् ।

५. अब तयार भयो स्वस्थकर ताजा आँपको जुस, यो जुसलाई तपाईले दिनमा २ पल्ट सेवन गर्नुहोस्, यसले तपाईलाई कब्जियतबाट छुटकारा दिलाउँछ र यसले गर्मीयाममा शरीरलाई शितलता पनि प्रदान गर्दछ । 

गर्मीमा यसको उपयोग धेरै राम्रो भएको कारणले तराईमा प्रायः मानिसहरु यसको सेवन गर्ने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update