गाजा, प्यालेस्टिनी क्षेत्र, १२ साउन | फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको हमास नियन्त्रत गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
इजरायली सेनाले उक्त विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “केही समय अघि देइर अल–बालाह क्षेत्रमा रहेको खादिजा विद्यालयलाई लक्षित गरी ३० जना सहिद र १०० भन्दा बढी घाइते भएका थिए ।”
गाजाको नागरिक प्रतिरक्षा निकायले उक्त विद्यालयमा शरण लिएका करिब चार हजार विस्थापित मानिसहरूलाई बसिरहेको बताएको छ ।
खादिजा विद्यालयभित्रको नियन्त्रण केन्द्रमा हमास लडाकू सक्रिय रहेको गुप्तचर अधिकारीको गोप्य सूचनाका आधारमा आक्रमण गरिएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
‘आतङ्कवादीहरू’ले कम्पाउन्डभित्र ठूलो मात्रामा हतियार निर्माण र भण्डारण गरको दावी इजरायली सेनाले गरेको छ ।