काठमाडौं, बैशाख ६ । सोमबार बिहान प्रधाानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि मन्त्रीपरिषद्को बैंठक बोलाइएको छ । जसमा बिशेषगरि कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने भएको छ ।
यसअघि शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । सो सिफारिसका आधारमा निर्णय गर्ने नगर्ने बिषयमा मन्त्रीपरिषद् बैंठक केन्द्रित रहनेछ ।
अभिभावकहरुबाट विद्यालय बन्द गर्न दवाव परिरहेको छ भने सञ्चालकहरु सञ्चालन गर्न पाउनु पर्ने माग राखिरहेका छन् । यसअघि पनि सिसिएमसीले बिद्यालय बन्द गर्न सिफारिस गरेको थियो , तर मन्त्रीपरिषद्ले सो सिफारिस कार्यान्वयनमा लान चाहेन ।
विद्यालयमा विद्यार्थीहरु संक्रमित हुनथालेपछि स्वास्थ्य मन्त्रालयले पनि बिद्यालय नजान आग्रह गरिरहेको छ ।