Kath khabar
सुनको मूल्य तोलामा चार सयले वृद्धि



                    काठमाडौं, साउन १४ ।  सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update