Kath khabar
२० अंकले ओर्लियो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै


                  काठमाडौं, साउन १४ । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार २० दशमलव ४६ अंकले घटेर २६ सय ६१ दशमलव शून्य नौं अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६८ अंकले घटेर चार सय ८२ दशमलव १५ अंकमा सीमित भएको छ ।  

नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको दुई लाख २२ हजार छ सय ६० पटकको कारोबारमा चार करोड ७७ लाख ९० हजार आठ सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार एक सय छ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा फाइनान्स र जलविद्युत समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल फाइनान्स, थ्रि स्टार हाइड्रोपावर कम्पनी, न्यादी गुप पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, एसियन हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इक्विटी फण्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, कुमारी बैंक आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update