Kath khabar
पेरिस ओलम्पिकमा बाहिरिन् नेपालकी जुडो खेलाडी मनिता


                     काठमाडौं, साउन १४ । पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् ।

मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन् । यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन् ।
–––

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update