Kath khabar
तोलामा रु एक सयले घट्यो सुनको मूल्य


                  काठमाडौं, साउन १५ ।  सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update