काठमाडौं, साउन १५ । जमलमा रहेको 'राजा लाउञ्ज एण्ड क्लब' मा गायक कमल खत्रीले लाइभ पफर्मेन्स गर्ने भएका छन् ।
हरेक युवाहरुको मन मुटुमा बस्न सफल, मिठो स्वरका धनी गायक तथा संगीतकार कमल खत्रीले यहि साउन १८ गते शुक्रबारको दिन साँझ जमलस्थित राजा लाउञ्जमा आफ्नो प्रस्तुती दिन लाग्नुभएको हो ।
नेपालका एक उत्तम आधुनिक गायकका रूपमा परिचित गायक खत्रीलाई साथ दिन उहाँकै श्रीमती गायिका मेलिना मैनालीको पनि सहभागिता रहनेछ । तसर्थ सिट सिमित भएकोले सम्पूर्ण दर्शकहरुलाई टेबल बुक गरी आफ्नो सिट सुरक्षित गर्नुहुन राजा लाउञ्जका सञ्चालक विनोद के सिंहले आव्हान गर्नुभएको छ ।
'गायक कमल खत्रीको सांगीतिक साझसँगै मिठा मिठा परिकारको साथमा रमाउन चाहने ग्राहकहरुले टेबल बुक गरी आफ्नो सिट सुरक्षित गर्नुहोला' - सिंहले बताउनुभयो । जमलस्थित विश्वज्योती मलका चौथो तलामा रहेको राजा लाउञ्ज एण्ड क्लबका ग्राहकलाई पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्नको लागि लाउञ्जले सांगीतिक प्रस्तुती आयोजना गर्न लागेको पनि उहाँले बताउनुभयो ।