काठमाडौं, साउन १५ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार ३५ दशमलव ५५ अंकले बढेर दुई हजार छ सय ९६ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव २३ अंकले बढेर २६ सय ९६ दशमलव ६५ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको दुई लाख छ हजार छ सय ४३ पटकको कारोबारमा चार करोड तीन लाख ७१ हजार सात सय ७८ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार पाँच सय ४२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समुहको सूचक घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समुहको सूचक भने बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज प्रोग्रेसिभ फाइनान्स, साञ्जेन जलविद्युत कम्पनी, सगरमाथा जलबिद्युत कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एसियन हाइड्रोपावर लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।