Kath khabar
सामसङ नेपालले ल्यायो निःशुल्क पिक-अप र ड्रप सेवा


                  काठमाडौं, साउन १५ । सामसङ नेपालले श्रावण १ गतेदेखि काठमाडौं उपत्यकाभरी वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल–फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ ।

मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्याई दिनेछन् । हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update