नयाँ दिल्ली, साउन १५ । बलिउड स्टार शाहरुख खान आँखामा मोतियाबिन्दुबाट पिडीत भएका छन् । यसको उपचारको लागि उनी चाँडै अमेरिकातर्फ लाग्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो केही दिनदेखि मुम्बईको एक अस्पतालमा उनको आँखाको उपचार भइरहेको थियो । जहाँ उनलाई मोतियाबिन्दु भएको पत्ता लागेको थियो । शाहरुखको दुवै आँखामा समस्या देखिएको थियो । उनको एउटा आँखाको २९ जुलाईमा शल्यक्रिया गरिएको थियो । तर यो शल्यक्रिया राम्ररी हुन नसकेपछि उनी अमेरिका जाँदैछन् ।
रिपोर्टका अनुसार अमेरिकामा उपचार गराएपछि शाहरुख अगस्ट ७-८ मा स्विट्जरल्याण्ड जानेछन् । तर, शाहरुख व्यक्तिगत कामका लागि वा व्यावसायिक कारणले त्यहाँ जाँदैछन् भन्ने पुष्टि भएको छैन ।
शाहरुख खान छोरी सुहाना खानसँग आगामी फिल्म ‘किंग’ मा देखिनेछन् ।