Kath khabar
ग्लोबल आइएमई बैंकको सात दशमलव ९९ प्रतिशत ब्याजदरमा विशेष आवास कर्जा योजना

काठमाडौं, साउन १ । ग्लोबल आइएमई बैंक लिमिटेडले सात दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्गत थाक्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत-प्रतिशत छुट प्रदान गरिने छ ।

 बैंकले, कोरोना (कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभलिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update