Kath khabar
अविरल वर्षाको कारण उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरुको उद्धार (तस्विरहरु)


                    काठमाडौं, साउन १६ । साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरुको उद्धार गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावरी खोलामा पानीको बहाव बढी डुवानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश ब्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौँ महानगरपालिका शङ्खमूल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी  सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले पोर्टेबल पम्प प्रयोग गरी फालिएको छ ।

यसैगरी थापाथलीस्थित सुकुम्बासी बस्तीमा बाग्मती नदिको पानी पसेर डुबान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।

अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको  सशस्त्र प्रहरी बल  नेपाल नं. १८ निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थानमा ल्याइएको हो ।

यसैगरी साँखु भोटेचौर सडकखण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय वासिन्दाले स्काईभेटरको सहायताले सुचारु गरेको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं . १९ बगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बाग्मती नदिमा आएको बाढीले डुवानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।

_DSC0633-1722415071.JPG
_DSC0638-1722415070.JPG

7-(4)-1722415041.jpeg
7-(3)-1722415026.jpeg

5-1722415009.jpg
7-(2)-1722415022.jpeg
6-1722415012.jpg
4-(1)-1722414998.jpg
2-1722414997.jpg
1-1722414996.jpg

451873776_495814872851700_3603268526737117928_n-(1)-1722415500.jpg
452480027_848080740592084_2470952094288944907_n-1722415513.jpg
 

 

 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update