काठमाडौं, साउन १६ । नेप्सेमा हरियाली छाएको छ । आज बुधबार नेप्से ६४ दशमलव २५ अंकले बढेर २७ सय ६० दशमलव ९० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिसिटिभ पनि १० दशमलव ६५ अंकले बढेर चार सय ९६ दशमलव शुन्य तीन अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ३८ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड नौं लाख ६७ हजार नौं सय ५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सबै समुहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सिभिल बैंक ऋणपत्र २०८८, मन्दाकिनी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदि परेका छन् ।