Kath khabar
फेरी बढ्यो सुनको मूल्य



                       काठमाडौं, साउन १७ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय  निर्धारण भएको छ । –––

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update