काठमाडौं, साउन १७ । यसअघि लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने घटेको छ । नेप्से आज पाँच दशमलव २९ अंकले घटेर २७ सय ५५ दशमलव ६२ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दशमलव २९ अंकले घटेर चार सय ९२ दशमलव ७५ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरूको दुई लाख २९ हजार आठ सय १३ पटकको कारोबारमा पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समुहको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, शुभम् पावर लिमिटेड, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स मन्दाकिनी हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आदि परेका छन् ।