Kath khabar
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड



                काठमाडौं, साउन १८ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update