Kath khabar
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

 

                  काठमाडौं, साउन १८ । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । –––

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update