Kath khabar


                     कास्की,  साउन २० । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा जानकारी गराएको बताउनुभयो ।

“स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो । अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उहाँले बताउनुभयो ।

भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।
–––

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update