Kath khabar
काठमाडौंमा सबैभन्दा अग्लो होटल हिल्टन सञ्चालनमा (तस्विरहरु)


                      काठमाडौं,  साउन २० । हिल्टनले काठमाडौंको मुटुमा आफ्नो प्रमुख शाखाको प्रारम्भसँगै विश्वव्यापी पदचिन्हलाई विस्तार गरेको छ । काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १७२ वटा कोठाहरुबाट पाहुनाहरुले हिमालय शृङ्खलाको अतुलनीय मनमोहक दृश्य अवलोकन गर्नुका साथ व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्नेछन् ।

हिल्टनद्वारा नेपालमा अग्रणी आतिथ्य कम्पनीको प्रवेश गराउँदै हिल्टन काठमाडौंको भव्य शुभारम्भ भएको छ । काठमाडौं उपत्यकाको मुटु नक्सालमा अवस्थित या होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ४ किलोमिटरको दूरीमा रहेको छ भन ठमेल, दरवार मार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरु यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्दछन्, जसले गर्दा यो होटल व्यवसायिक तवरमा र छुट्टी मनाउन आउने दुवै किसिमका पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ । नेपालको प्रमुख व्यापारिक घराना शकर समुहको लगानी रहेको यो अद्वितीय होटलले भारतीय उपमहाद्वीपमा हिल्टनको दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुङ्गा साबित भएको छ ।

नेपाल उच्च पर्यटक गन्तव्यको रुपमा माग भएको देशमा पर्दछ र साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूका लागि आम पर्यटकहरुमाझ प्रख्यात छ । काठमाडौं उपत्यकाको मुटुमा रहेको हिल्टन काठमाडौंको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथ समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको छ । काठमाडौँको सबैभन्दा अग्लो र सिसै सिसाको बाह्य भाग भएको एकमात्र होटल, जहाँ प्रार्थना झण्डाहरू रहेको छ र लाङ्टाङ उपत्यकाको हिमाली श्रृङ्खलाहरूको मनोरम दृश्यहरूका साथ सुरुचिपूर्ण निवास सहति विशाल प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू प्रदान गर्दछ । अद्भूत, आरामदायी कक्षहरुदेखि प्रेसिडेन्सियल सुईटहरुसम्मको विविधता भएका कोठाहरूमा शान्ति र करुणालाई प्रतिबिम्बित गर्ने प्रार्थना ध्वजाहरुबाट प्रेरित छन् । यसको बाह्य भागहरुमा सजाइएको ठाडो सिसाका पत्रहरु प्रकाशसँग  रङ्ग बदल्ने किसिमका छन् भने कर्मचारीहरुको पोशाक, प्रतीक्षालय र अन्य अतिथि कक्षहरु सबै परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन । प्राकृतिक प्रकाशमा होटललाई चुर्लुम्म डुबाउने भुईदेखि  छतसम्म बिछ्याइएका सिसाका भित्ताहरुसहितको चित्ताकर्षक डिजाइनले हिमाली दृश्यहरुलाई अझ व्यापक बनाइदिन्छन् ।

अवार्ड जितेका आर्किटेक्चरल विशेषताहरु जस्तैः कैन्टिलिभर भएको प्रवेश द्वार, तापक्रम नियन्त्रित रुफटप पुल, चौबीसै घण्टा  खुल्ला रहने डाइनिङ आउटलेटका साथै नेपालका प्राकृतिक छटाहरु र शहरी परिदृश्यहरु सजावट सहितको थप मनोरम दृश्यहरु उपलब्ध छन् । ब्राण्ड म्यानेजमेन्ट, एशिया प्यासिफिक, हिल्टनका वरिष्ठ उपाध्यक्ष अलक्जेन्डर ज्यारिचले भने शताब्दीभन्दा अघिदेखि नै अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको वर्चस्व रहँदै आएको छ, यसैले नेपालमा हाम्रो पहिलो होटल शहरका विशिष्ट पाहुनाहरुका लागि एक महत्वपूर्ण स्थानको रुपमा स्थापना गरिएको छ । हिल्टन काठमाडौं हाम्रो पोर्टफोलियोमा थपिएको एक अर्को आश्चर्यमय संस्करण हो र अतिथीहरुलाई यो अलौकिक गन्तव्यमा निमग्न गराउन र उनीहरुलाई लाङटाङ हिमालहरुको नाटकीय पृष्ठभूमिमा नेपालकोसमृद्ध ऐतिहासिक एवं सास्ं कृतिक सम्पदाको अनुभूति दिलाउन होटललाई हरेक पक्षबाट सावधानीपूर्वक डिजाइन गरिएको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामिप्यमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय शहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिन्छ । हर स्थलमा सहज पहँुच राख्ने स्थानमा रहेकोले यहाँबाट पैदल दूरीमा क्याफेहरु, पबहरु, गेमिङ हबहरु र मनोरञ्जनात्मक स्थलहरु फेला पार्न सकिन्छ । यसका अतिरिक्त होटलबाट नारायणहिटी संग्रहालय र दरबार मार्ग पनि नजिकैरहेका ेहुँदा काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच रहको छ ।

नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिहरुका लागि विशेष अनुभवहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चाहे यो सामान्य सेवा होस् या जीवनमा गरिने एकपटकको साहसिक कार्यको लागि शेर्पाहरुसंगको समन्वय होस् वा होटलले स्पामा प्रदान गर्ने व्यक्तिगत सुस्वास्थ्यका कार्यक्रमहरु हुन्, अतिथिहरुलाई अद्वितीय लाग्ने नेपालका ती विविध अफरहरुको मज्जा लिन प्रोत्साहित गरिनेछ । हिल्टन काठमाडौंमा भएका अन्य उल्लेख्य विशेषताहरुमा चेक इन/आउटको समयमा लचकता हुनु, कोठाका छनौट र एक्जुकेटिभ लाउन्जमा विशेष पहुँच लगायतको स्तरोन्नतियुक्त सेवाहरु, र आन्तरिक एवं बाह्य प्रयोजनका उपयुक्त ब्याँक्वेट स्थानहरु रहेका छन्। चाहेघनिष्ठ होस् या भव्य, यी विविधतायुक्त स्थानहरु यात्रुहरुको आवश्यकता अनुकूल हुने गरी रुपान्तरण हुने गर्छन् । हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले भने, हामी समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा हाम्रो रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं ।

यो शुभारम्भसंगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई बल मिलेको छ । हिल्टन काठमाडौंको साथमा हामी हिल्टनको विश्व स्तरीय मापदण्डहरुसंग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरु प्रदान गर्न कटिबद्ध छौं ।” शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नु भयो “हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्राण्डसंग जोडिंदै काठमाडौंको आकाशमा यो अर्को आकर्षण थप्न पाउनु हाम्रो लागि सम्मानको विषय हो । हामीले होटललाई अत्यन्त सावधानीपूर्वक सिर्जना गरेका छौं, जसले यो जीवन्त गन्तव्यको भावनालाई समेट्दै ब्राण्डको परिचयात्मक आतिथ्यतालाई मूर्त रुप प्रदान गरेर नेपाली सम्पदालाई उत्सवमय बनाएको छ । हामी काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरुलाई स्वागत गर्न तत्पर छौं । हाम्रो समुह गहिरो नेपाली वंश छ र हामी हिलटनको विश्वव्यापी ब्राण्डको सामथ्र्यसंग सम्बन्ध गाँसेर यस हलमार्क होटलमा विश्वभरका पाहुनलाई स्वागत गर्न पाउँदा उत्साहित भएका छौं ।” हिलटन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरु उपलब्ध छन्, जसमा स्थानीय परिकारका स्वादहरु देखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरुको मिश्रणको अनुभवहरु बटुल्न सकिन्छ ।  बिस्ट्रोशैलीका

छ, जहाँ ताजाताजा सामग्रीहरुबाट सेफहरुले तयार पार्ने व्यक्तिगत परिकारको प्रत्यक्ष कुकिङ्ग स्टेशनहरु देख्न सकिन्छ । ओरियन रुफटप बार, जसको नामाकरण काठमाडौंबाट देखिन नक्षत्रको नामबाट गरिएको छ । त्यहाँ बसेर दिनमा र रातमा हुने परिवर्तनको आश्चर्यजनक दृश्यहरु हेर्न सकिन्छ । साथै, छतमा रहेको पूल बार, लायरामा क्याबानाज र सन लाउन्जरहरु रहेका छन्, यो स्थान जादुयी पहाडी दृश्यहरु अवलोकन गरेर अलफ्रेस्को ड्रिन्कहरु र डाइनिङ्गको आनन्द लिन उपयुक्त छ । दिगोपनप्रति हिल्टनको प्रतिबद्धताको एक हिस्सा स्वरुप हिल्टन काठमाडौंले विचारशील अतिथिहरुलाई अनुभव उपलब्ध गराृउँदा आफ्नो वातावरणीय पलचिन्ह कम गराउने लक्ष्यका साथ वातावरण मैत्री अभ्यासहरुलाई अँगीकार गरेको छ ।

होटलमा वातावरणीय मैत्री सुविधाहरु जस्तै इभि चार्ज गर्ने २ वटा स्टेशनहरु र इलेक्ट्रिक सवारीहरुको ग्रीन फ्लीट रहेका छन् । सम्पूर्ण अतिथिहरुको सुरक्षित बसाई सुनिश्चित गर्न भवनको पूर्वाधारमा जर्मन प्रविधिको भुकम्प प्रतिरोधात्मक उपकरणहरु जडान गरिएका छन् । हिल्टन काठमाडौं हिल्टनको २४ विशिष्ट होटल ब्राण्डहरुको लागि अवार्ड विजयी अतिथि समर्पित कार्यक्रम हिल्टन अनर्सको एक हिस्सा हो । हिल्टन अनर्सका सदस्यहरु, जसले सही हिल्टनका माध्यमहरु मार्फत् सिधै बुक गर्छन्, उनीहरुलाई बसाई बकु गर्न नगद वा प्वाइन्ट मध्ये लगभग कुनैपनि संयोजन छनौट गर्न लचिलोभुक्तानी प्रक्रियासहित एकजना विशेष सदस्यलाई छुट र निःशुल्क स्तरीय वाइफाइ लगायतका तत्काल लाभहरुमा पहुँच रहनेछ । सदस्यहरुले उद्योगको अग्रणी हिल्टन अनर्स मोबाइल एप मार्फत् विशेष रुपमा उपलब्ध लोकप्रिय डिजिटल माध्यमहरुको मज्जा पनि लिन सक्नेछन जसबाट हिल्टन अनर्स सदस्यहरुले चेक इन गर्ने र उनीहरुको कोठा चयन गर्ने कार्य गर्न सक्छन् ।

हिल्टन काठमाडौं, काठमाडौंकै प्रख्यात मन्दिर नक्साल भगवती बहाल नजिकै थिरबम मार्ग, काठमाडौं ४४६००, नेपालमा अवस्थित छ र एशिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टहरुसंग जोडिएको छ, जसमा हालै संचालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् भने साँघाई, हैदराबाद र कियोतोमा संचालनमा आउन लागेका समेत समाविष्ट छन् । हिलटन होटल्स एण्ड रिसोर्ट्सका बारेमा अन्य जानकारी स्टोरिज फ्रम हिल्टन बाट पढ्न सकिन्छ ।

 

Hilton-Kathmandu---THE-LAVA-BOX-1722762456.jpg
Hilton-Kathmandu---LOBBY-1722762550.jpg
Hilton-Kathmandu---KING-PREMIUM-ROOM-with-BALCONY-1722762692.jpg
Hilton-Kathmandu---GYM-1722762552.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update