Kath khabar
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

 
                 काठमाडौं, साउन २० । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित हुनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । 

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गर्नुभएको थियो ।

अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आउनुभएको छ । लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताउनुभयो । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाई छ ।

मल्लले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्स जस्ता संस्थाको संगठन वृहत छ, यसलाई जलवायु परिवर्तन विरुद्धको गतिविधिमा संलग्न गराउन आवश्यक छ, । लायन्स इन्टरनेशनले अध्यक्ष मल्ल सहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update