Kath khabar
नेप्सेमा भीषण पहिरो



                 काठमाडौं, साउन २२ । नेप्सेमा भीषण पहिरो गएको छ । अघिल्लो दिन ४० अंकले बढेको नेप्से आज मङ्गलबार एक सय ४५ दशमलव शून्य पाँच अंकले घटेर २६ सय ५१ दशमलव ३२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि २७ दशमलव २२ अंकले घटेर चार सय ६४ दशमलव ५६ अंकमा सीमित भएको छ ।

कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज थ्रि स्टार हाइड्रोपावर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, गोर्खाज फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update