११ महिनाकी बालिकाको बाल्टिनको पानीमा डुबेर मृत्यु
भक्तपुर, साउन २२ । भक्तपुरमा ११ महिनाकी बालिकाको बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको छ ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका-१० चित्तापोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी गीता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय