Kath khabar
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ


                  काठमाडौं, साउन २३ । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update