Kath khabar
नेप्सेमा उछाल


                    काठमाडौं, साउन २३ । नेप्सेमा उछाल देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भनचे एक सय आठ दशमलव ३५ अंकले बढेर २७ सय ५९ दशमलव ६७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ९० अंकले बढेर चार सय ८३ दशमलव ४६ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख १२ हजार छ सय ८१ पटकको कारोबारमा तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम १७ अर्ब ९५ करोड नौं लाख १८ हजार छ सय २७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोर्टलस नेपाल (बालाजु) लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया डिवेञ्चर २०८३/०८४, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, एनआईबिएल ग्रोथ फण्ड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल फाईनान्स आदि परेका छन् ।  

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update