Kath khabar
नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह


                  काठमाडौं, साउन २३ । आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयर ब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ । यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले  बताए ।

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update