काठमाडौं, साउन २ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ७५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा कोभिड १९ का संक्रमितहरु भेटिएका हुुन् ।
यस अवधिमा देशभर कोभिड १९ को संक्रमणबाट थप २१ जनाको मृत्युु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी देशभर कोभिड १९ को संक्रमणबाट मृत्यु हुुनेहरुको कुुल संख्या नौ हजार पाँच सय २७ जना पुुगेको छ ।
यसैगरी पछिल्लो अवधिमा देशभर दुुई हजार एक सय ६४ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । मन्त्रालयका अनुसार यो समेत गरी कोभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको कुुल संख्या छ लाख ३० हजार चार सय सात पुुगेको छ ।
यसैबिच काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा कुुल चार सय २८ जना संक्रमितहरु थपिएकाछन् । सो मध्ये काठमाडौ जिल्लामा दुुई सय ९९ जना, ललितपुर जिल्लामा ७७ जना र भक्तपुर जिल्लामा ५२ जना संक्रमितहरु थपिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले देशभर कुुल २५ हजार नौ सय ५२ जना सक्रिय संक्रमितहरु रहेकाछन् ।