Kath khabar
एकैदिन प्रतितोला रु एक हजार पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य


                  काठमाडौं, साउन २५ । बजारमा आज सुनको मूल्य एकैदिन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।
–––

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update