Kath khabar
खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ - मेयर बालेन शाह

                

                      काठमाडौं, साउन २५ । काठमाडौं महानगर नजिकैको सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन् ।

"अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ", उनले भनेका छन् । 

दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक खण्ड बिहीबार राति भासिएपछि सवारी आगमन अवरूद्ध भएको छ ।  अहिले सडक मर्मतको काम भइरहेको महानगरले जनाएको छ ।

शाहले मान्छेले आवश्यकता अनुसार खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ भन्दै सामाजिक सञ्जालमा भनेका छन् -

यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।

यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update