गायक प्रकाश तिमल्सिनाको निधन
काठमाडौं, साउन २७ । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । ललितपुर भैसेपाटीमा बस्दै आएका सुनसरीका तिमिल्सिना शनिबार साँझ ६ बजेतिर आफ्नै घरमा सुतिरहेको बेडमा अचेत अवस्थामा फेला परेका थिए । लगत्तै परिवारले पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
गायन प्रतियोगिता ‘नेपाली तारा’ बाट संगीत क्षेत्रमा उदाएका उनको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । २०४५ सालमा प्रकाश ३ वर्ष हुँदा कोशीमा आएको बाढीले घर परिवार सहित आफ्नो आँखाको ज्योति पनि गुमाएका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय