Kath khabar
नेप्सेमा उछाल, झण्डै सय अंकले बदा २५ अर्ब भन्दा बढीको कारोबार


                   काठमाडौं, साउन २७ । नेप्सेमा उछाल आएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ९४ दशमलव ५३ अंकले बढेर २८ सय ६० दशमलव ९१ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २३ अंकले बढेर पाँच सय एक दशमलव ९१ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ७५ हजार दुई सात वटा कम्पनीहरुको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौं रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update