Kath khabar
पसिना निकाल्दा छाला चम्किलो हुने देखि तनावबाट समेत मुक्ति

काठमाडौँ, साउन ३ । बिहानै हिडडुल र घरमै कसरत गरेर  होस् वा त जिमखानामा गएर कडा ब्यायाम गरेर  कैयनले पसिना निकाल्छन् । ब्यायाम गर्दा पनि पसिना निकाल्नलाई नै जोड दिइन्छ । आखिर पसिना निकाल्दा हुने फाइदा चाहि के हो त ?

पसिनाको माध्यमबाट मानिसहरुले शरीरभित्रको विषाक्त पदार्थ  बाहिर निकाल्न सक्छन्  । यसरी पसिना निस्कदा शरिर भित्रको बिकार पदार्थ मात्रै निस्कदैन यसले त छालाको चमक पनि बढाउँछ ।
पसिना छालाका लागि मात्र नभएर कपालका लागि पनि फाइदाजनक छ । टाउकोमा पसिना आउदा कपालका जराहरु खुल्दछन् जसले कपालको विकास गर्न सहयोग गर्दछ । तर, पसिना आउदा कपाल तथा शरीर फोहोर भई चाँया लगाएतका एलर्जी हुनसक्ने भएकोले सफा गरिरहन भने आवश्यक छ ।

शरिरबाट पसिना निस्किरहेको समयमा शरीरमा रक्तप्रवाह पनि बढेको छ । यसरी रक्तप्रवाह बढ्दा छाला चम्किलो र नरम हुन्छ । शरीरबाट पसिना निस्कदा क्यालोरी बर्न हुन्छ जसले गर्दा मोटोपन पनि नियन्त्रण हुन्छ । यति मात्रै होइन, शरीरबाट धेरै पसिना निकाल्दा तनाबबाट पनि राहत पाउन सकिन्छ । कसरत गर्दा निस्कने पसिनाले शरीरको तापक्रम घटाउछ जसका कारण तनाब कम हुने मानिन्छ । यसका साथै पसिना आउँदा शरीरलाई सितल राख्न सहयोग पुग्छ ।

शरीरमा कैयौं प्रकारका कार्बनिक रसायनहरु हुन्छन्, जुन शरीरका लागि हानीकारक हुन्छ । पसिनाको कारण त्यस्ता रसायन पनि बाहिर निस्कन्छन र त्यसले शरीर स्वस्थ बनाउन मद्दत गर्छ । पसिनाले शरीर प्राकृतिक रुपमा सफा गर्दछ । पसिना आउदा शरीरका स–साना छिद्रहरु खुल्छन् जसबाट शरीरका फोहोर तथा ब्याक्ट्रेरिया बाहिर निक्लन्छ ।

गर्मी दिनमा पसिना आउने आम समस्या  हो । पसिना नआउने मानिस नै हुदैन तर सबैलाई एकै मात्रामा पसिना आउदैन । मानिसलाई पसिना नआइदिए हुन्थ्यो भन्ने लाग्न सक्छ किनकी यसको गन्धले ब्यक्तित्वमा नकारात्मक असर परिरहेको हुन्छ । तर स्वस्थ शरीरका लागि पसिना निस्कनु अति आवश्यक छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update