सुनसरी, साउन २७ । इटहरीमा डेढ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका–५ पचरूखी बस्ने नबराज लुईटेलकी छोरी डेढ वर्षीया आईन्सु लुइटेलको विभत्स हत्या भएको हो । हत्या गरेको अभियोगमा नबराजका भाई ३० वर्षीय सालिग्राम लुईटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट उनलाई पक्राउ गरेको हो । स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सालिग्राम लुइँटेलले बालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । सालिग्रामले आफ्नै भतिजी डेढ वर्षीया आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ। घटनास्थलबाट ब्लेडसहित सालिग्रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानमा सालिग्रामले डिप्रेसनको औषधि सेवन गरेको र मानसिक रोगी रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।