Kath khabar
बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा


                    बैतडी, साउन २८ । वर्षासंगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलाका अम्मर बोहराका  घरमा क्षति पुगेको हो ।   जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबारको क्षति पुगको बताउनुभयो । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि  जोखिममा रहेका जनाइएको छ ।

डिलाशैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई  स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा गरिने बताउनुभयो ।  यसैबीच वर्षातका  समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ । (RSS)

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update