ललितपुरको सिलिङगेबेसी ठोस्ने खोलाले बगाएर बालिकाको मृत्यु
काठमाडौं, साउन २८ । ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेबेसी ठोस्ने खोलाले बगाएर सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रे पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे २ वर्षीया प्रिन्सिका भण्डारीको सोमबार मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–९ जितपुर बस्ने ५१ वर्षीय शुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ । मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय