Kath khabar
नेप्सेमा आठ अंकले गिरावट,पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए


                  काठमाडौं, साउन २९ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने आठ दशमलव १८ अंकले घटेर २९ सय २३ दशमलव ४६ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय ११ दशमलव १५ अंकमा पुगेको छ । तीन सय २२ वटा कम्पनीहरूको दुई लाख ४१ हजार छ सय ६५ पटकको कारोबारमा पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, लगानी र व्यापार समुहको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मातृभाषी लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, सगरमाथा जलबिद्युत कम्पनी लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल फाइनान्स, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update