ललितपुरको इमाडोलमा सडक भासिदा सवारी आवागमन अवरुद्ध
ललितपुर, साउन ३०। ललितपुरको इमाडोलमा सडक भासिएको छ । इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ नयाँ पुल-बोझेपोखरी जाने भित्री सडकमा भ्वाङ परेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
सडक भासिनुको कारण भने खुल्न सकेको छैन । मंगलबार देखि नै खाल्डो पर्न थालेको उक्त सडकमा गएराति परेको पानीले थप क्षति पुर्याएपछि भ्वाङ परेको वडा नम्बर ३ का वडाध्यक्ष कुवेर केसीले बताए । उनका अनुसार अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ । यसअघि काठमाडौंस्थित टुकुचा खोलामाथि बनाइएको सडक पनि भासिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय