Kath khabar
नेप्सेमा ३४ अंकको उच्च वृद्धि


              काठमाडौं, साउन ३० ।  नेप्से बढेको छ ।  अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने ३४ दशमलव २९ अंकले बढेर २९ सय ५७ दशमलव ७५ अंकमा चढेको छ । यसैगरी सेन्सटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले बढेर पाँच सय १९ दशमलव ४९ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४४४ हजार १९ पटकको कारोबारमा पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक पनि घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पयर्टन, लगानी, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज सेन्ट्रल फाइनान्स, मातृभुमी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड, बिन्धवासिनी हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update