Kath khabar
सामाजिक सञ्जाल एक्सका पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च


                 वासिङ्टन, साउन ३१ । सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेको छ । आइओएस एप्पलले आफ्नो यन्त्रहरूमा प्रयोग गर्ने अपरेटिङ सिस्टम हो । यो पहिलो आई–फोन सन् २००७ मा सुरु भएको थियो ।

यसले प्राप्त सन्देशहरूलाई व्यवस्थित गर्न र प्राथमिकताअनुसार क्रमबद्ध गर्न मद्दत गर्छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई प्रतिक्रियाहरूमा देखापर्ने सामग्री नियन्त्रण गर्न र ट्वीटमा सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रियाहरू पनि निर्धारणमा सहयोग पुग्नेछ ।

यद्यपि, यस सुविधाको नकारात्मक पक्ष भनेको सन्देशहरू क्रमबद्ध गर्न छनोट गरिएका सेटिङहरू सुरक्षित हुँदैनन् । त्यसकारण, प्रयोगकर्ताहरूले प्रत्येक ट्वीटको लागि सेटिङहरू समायोजन गर्नुपर्नेछ ।
---

 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update