Kath khabar
नेप्सेमा ४३ अंकको उच्च वृद्धि, २९ अर्ब भन्दा बढीको शेयर किनबेच


                   काठमाडौं, साउन ३१ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ४३ दशमलव शून्य पाँच अंकले बढेर तीन हजार दशमलव ८१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव शून्य एक अंकले बढेर पाँच सय ३५ दशमलव ५१ अंकमा चढेको छ । 

नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको तीन लाख ११ हजार पाँच सय ३६ पटक शेयर कारोबार भएकाछन् । जसबाट आज कुल छ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाइनान्स, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष र व्यापार समुहको सूचक बढेर हरियो भएका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुटवल पावर कम्पनी, मोदी इनर्जी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, सानिमामाई हाइड्रोपावर कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update