Kath khabar
गठ्ठाघरमा भयानक दुर्घटना, चेकजाँचको क्रममा दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा
Photo : Calvin Manandhar

 

                     भक्तपुर, साउन ३१ । भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नं.को ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

घटना ट्राफिक जाँचका लागि रोकिएको कारणले भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको छ ।  दुर्घटनास्थल अहिले तनावपूर्ण बनेको छ ।

प्रत्यक्षदर्शीका अनुसार गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा ट्राफिकले रोकेको स्कुटरलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर ५० मिटर अगाडिसम्म घिसारेको थियो । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।

 


 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update