Kath khabar
जापान : ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य


                   टोकियो,  साउन ३२ । जापानले एक हप्ता देखि लागु गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।

करीव १२५ मिलियन मानिसहरूको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ती आउन सक्ने भनि जारी सतर्कताले हजारौँ मानिसहरूलार्ई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्ररित गरेको थियो ।
 
हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भुकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागु हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो । जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्य भन्दा बढी’ भएको जनाएको थियो ।

त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करीब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।
 
सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली रहेको  थियो । उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।  जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने  सम्भावना रहेको बताएको थियो ।

विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए  भने केही ईन्जिनियरहरूले  क्षति १३ ट्रिलियन सम्म पुग्न सक्ने जनाएका थिए ।  यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको  छ ।  

सुपरमार्केटहरूले बोतलको पानी लगायत खरिदमा सिमितता कायम गरे पछि शौचालय र संरक्षित खानाजस्ता आपतकालीन वस्तुहरूको माग अनलाइनमा बढेकोे छ ।
भूकम्पको चेतावनीले प्रधानमन्त्री फुमियो किशिदाको गत हप्तामा हुने मध्य एसियाको चार दिने भ्रमण रद्द गर्नसमेत बाध्य पारेको थियो ।  

केही बुलेट ट्रेनहरूले सावधानीका रूपमा आफ्नो गति घटाएका थिए भने आणविक संयन्त्रलाई अधिकारीहरूले प्रकोप तयारी जाँच गर्न निर्देशन दिएका थिए ।
- - -

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update