नयाँदिल्ली, साउन ३२ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।
एसएसएलभी–डी ३ ले दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडी तटमा रहेको श्रीहरिकोटाको लन्च प्याडबाट स्थानीय समयानुसार बिहान ९ः१७ मा उडान भरेको थियो ।
“एसएसएलभीको तेस्रो विकासात्मक उडान सफल रह्यो । एसएसएलभी–डी ३ ले इओएस–०८ लाई ठीक सटीक रूपमा कक्षमा स्थापित गर्यो”, इसरोले सामाजिक सञ्जालमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “यो इसरो/डिओएसको एसएसएलभी विकास परियोजनाको सफल समापनका प्रतीक हो, प्रविधि हस्तान्तरणसँगै भारतीय उद्योग र न्यु स्पेस इन्डिया लिमिटेडले अब व्यावसायिक मिसनका लागि एसएसएलभीको उत्पादन गर्नेछन् ।”
–––